काठमाडौं । प्रतिनिधिसभामा बिहीबारबाट आकस्मिक समय लागु गरिएको छ । यो समयमा सांसदहरुले जरुरी घटनाका विषयमा तीन मिनेटभित्र आफ्नो धारणा राख्नुपर्ने हुन्छ ।
आकस्मिक समय लिएर बोलेका राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका छन् । कार्यकर्ता भर्ती गर्न र अन्त नअटेका नेतालाई व्यवस्थापन गर्न संघीयता लागु गरिएको शाहीको अभिव्यक्तिप्रति पाण्डेले नियमापत्ति जनाएका हुन् ।
‘संघीयता र प्रदेश दुईवटा कारणले चाहिन्छ, एउटा पहिचानका कारण र अर्काे देश ठूलो भएमा चाहिन्छ,’ शाहीले भने, ‘तर, देशमा संघीयता कार्यकर्ता भर्ती गर्ने, काहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश र विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’
तर, शाहीको उक्त अभिव्यक्ति संसदको आकस्मिक समयसँग मेल नखाएको भन्दै माओवादीका प्रमुख सचेतक पाण्डेले नियमापत्ति जनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ चैत्र २०७९, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाले ज्ञानेन्द्रलाई ‘राप्रपा सभापति’ बन्न भनेपछि ज्ञानेन्द्र शाही आक्रोशित
ज्ञानेन्द्र शाहीको प्रश्न- तपाईंहरूविरुद्ध आन्दोलन गर्यो भने के हालत होला ?
एमाले सांसद रघुजी र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र बीच वादविवाद
प्रमुख दलहरूलाई ज्ञानेन्द्र शाहीको चुनौती- हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाऔं
प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो : ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीलाई शाहीको आग्रहः एयरपोर्ट गएर राजाको स्वागत गर्नुस्