गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेको अवस्थामा आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण बन्दै गएको बताएका छन्। धनगढी उपमहानगरपालिका–१३ राजपुरमा आज प्रादेशिक आयुर्वेद चिकित्सालय भवनको उद्घाटन गर्दै उनले दिन प्रतिदिन आयुर्वेद चिकित्सा प्रणालीतर्फ सबैको आस्था बढ्दै गएको बताए।
उनले प्रदेश सरकारले प्रादेशिक आयुर्वेद चिकित्सालयका लागि आवश्यक बजेट विनियोजन गरी संरचनात्मक र आवश्यक जनशक्तिको व्यवस्था गर्ने बताए। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूर्व बजेट छलफल गरिरहेको जनाउँदै उनले जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखिने बताए।
पचास शैय्याको चिकित्सालय रु ३४ करोड लागतमा निर्माण गरिएको हो । चिकित्सालयबाट ल्याब, ओपीडी, पूर्वकर्म, पञ्चकर्म लगायतका सेवा प्रदान भइरहेका छन् । चिकित्सालयमा पेट समस्या, पाइल्स, फिस्टुला, बाथ लगायतका उपचार हुने गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ चैत्र २०७९, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरक्षणमा नयाँ विधिसहित सुझाव समितिले बुझायो मुख्यमन्त्री शाहलाई प्रतिवेदन
अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह
मुख्यमन्त्री शाहले पाए दुई तिहाइ सदस्यको विश्वासको मत
घोडाघोडीको कायापलट हुने गरी विकास गर्ने मुख्यमन्त्री शाहको दाबी