काठमाडौँ । राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहालले संघीयता, गणतन्त्र पक्षधर शक्तिहरुबीचमा राष्ट्रिय सहमति कायमै गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन र जनताको अपेक्षा अनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढ्नुपर्ने उनको भनाई थियो ।
मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद दाहालले वर्तमान सरकारले पनि सोही कुरालाई आत्मासाथ गरेर अघि बढिरहेको दाबी समेत गरे । सांसद दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पु¥याउन ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् महसुलबारे प्रधानमन्त्रीले झुट बोल्नुभयो : सांसद दाहाल
कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : सांसद दाहाल
पार्टीमा दिएको योगादनस्वरुप अध्यक्षको उम्मेदवार बनेको हुँ : सांसद दाहाल