काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थामा देखिएको समस्या समाधान गर्न आवश्यक सुझाव माग गरेको छ। राष्ट्र बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो।
सञ्चालक समितिको निर्णय बमोजिम आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरूको विषयमा अध्ययन गर्न गठन भएको समितिले अध्ययन कार्य प्रारम्भ गरेको राष्ट्र बैंकले जनाएको छ।
‘यस सन्दर्भमा यस विषयसँग सरोकार राख्ने सम्पूर्ण महानुभावहरूले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्न पर्ने कदमहरूका बारे सुझाव पठाई सहयोग गरिदिनु हुन विनम्र अनुरोध छ’, राष्ट्र बैंकले भनेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ चैत्र २०७९, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४० अर्बको निक्षेप संकलन उपकरण जारी गर्दै राष्ट्र बैंक
अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
मुद्दती निक्षेपमा २५ करोड लगानी गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकको गर्यो तीन बैंकलाई कारबाही
बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकको अध्ययन-कोशी प्रदेशमा घट्यो बाली कृषि क्षेत्रफल