काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई मिटरब्याजी पीडितले राजावादी भएको भन्दै ऐक्यबद्धता जनाउन रोकेका छन् । राप्रपाका सांसद समेत रहेका शाहीलाई मिटरब्याजीले नाराबाजी गर्दै अवरोध गरेका हुन् ।
शाहीको ऐक्यबद्धतालाई अस्वीकार गर्छौ भन्दै मिटरब्याजी पीडितले आन्दोलनस्थलमा छिर्न नदिएका हुन् । मिटरब्याजी पीडितको पक्षमा समर्थन जनाउन शाही युट्युबरहरु लिएर गएपछि सबै उठेर विरोध जनाएका हुन् । ‘तपाईंले बोक्दै आएको विचारका कारण हामीले यस्तो अवस्था भोग्दै आएका छौँ । आज जनता ११ दिन पैदल यात्रा गरेर यहाँसम्म आउनु परेको छ’ एक मिटरब्याजी पीडितले भने, ‘यो मुद्दामा खेल्ने प्रयास गर्नुहोला । घुसपैठ गर्ने, मुद्दा क्यास गर्ने कुनै पनि अवसर दिँदैनौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, १४ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाले ज्ञानेन्द्रलाई ‘राप्रपा सभापति’ बन्न भनेपछि ज्ञानेन्द्र शाही आक्रोशित
ज्ञानेन्द्र शाहीको प्रश्न- तपाईंहरूविरुद्ध आन्दोलन गर्यो भने के हालत होला ?
एमाले सांसद रघुजी र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र बीच वादविवाद
प्रमुख दलहरूलाई ज्ञानेन्द्र शाहीको चुनौती- हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाऔं
प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो : ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीलाई शाहीको आग्रहः एयरपोर्ट गएर राजाको स्वागत गर्नुस्