धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका-२ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडी सवार व्यक्ती भने घाइते भएका छन् ।
धनुषाकै मिथिला बिहारी नगरपालिका- ६ सिरसियाका २१ वर्षीय विजयकुमार यादवको मृत्यु भएको हो। काव्य अस्पताल जनकपुरमा उपचारको क्रममा विजयकुमारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तारापट्टीले जनाएको छ ।
घाइते भएका उनका २५ वर्षीय दाइ रितेश यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । जनकपुरबाट धनुषाधाम तर्फ जाँदै गरेको प्रदेश२-०२-००२ प ४३ ८० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई पल्टिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २ गते त्रिशुलीमा खसेका रोहितको शव भेटियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु