काठमाडौं । बाजुरामा गएराति भूकम्प गएको छ । गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण भने आएको छैन ।केही महिनायता बाजुरामा लगातार भूकम्प गइरहेको छ । यसअघि बाजुरामा फागुन १० गते ५.२ म्याग्निच्युडको र माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । माघ १२ गते पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
नेपालको जमिन मुनि धेरै ऊर्जा सञ्चित भएर बसेकाले भूकम्पको जोखिम रहेको भूगर्भविदहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ चैत्र २०७९, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् विस्तारका क्रममा घाइते दुई जनाको हवाई उद्धार
बाजुरामा पहिरोमा परी ४ जना घाइते
एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
यस वर्ष चैत महिनामै पुग्यो बाजुराका विद्यालयमा पाठ्यपुस्तक
बाजुराका तेह्र हजार बालबालिकालाई खोप लगाइँदै