काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका छन् । २०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेकपालाई ब्युँताउने अध्यक्ष नेपालले प्रस्ताव गरेका हुन् ।
सर्वाेच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेपछि फेरि एमाले र माओवादी केन्द्र नै अस्तित्वमा आएको थियो । आन्तरिक विवादले एमालेबाट विभाजन भएर नेपालले एकीकृत समाजवादी दर्ता गरेका हुन् ।
तर, अहिले अध्यक्ष नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव प्रचण्डसमक्ष गरेका हुन् । शुक्रबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा अध्यक्ष नेपालले नेकपा ब्युँताउने प्रस्ताव आफूले प्रचण्डसमक्ष गरेको जानकारी दिएका हुन् ।शुक्रबार बिहान भएको कुराकानीमा आफूले प्रचण्डसँग नेकपालाई रिभाइभ गर्न प्रस्ताव गरेको अध्यक्ष नेपालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल