मन्त्रिमण्डल विस्तारसँगै सरकारले गति लिन्छ : सभामुख घिमिरे

सफल खबर संवाददाता

बुधबार, ०८ चैत्र २०७९, १२ : २३
मन्त्रिमण्डल विस्तारसँगै सरकारले गति लिन्छ : सभामुख घिमिरे

झापा । सभामुख देवराज घिमिरेले सरकारले नयाँ रुप लिएको बताएका छन।

झापाको बिर्तामोडमा मेहरमान स्मृति प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यो सरकारले नयाँ रुप लिइसकेको र अब मन्त्रिमण्डल विस्तारसँगै गति लिने बताए ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सामेल छैनन् उनले भने । सरकार बनाउने दलले सबैलाई मिलाएर लानेमा आफू पूर्ण विश्वस्त रहेको पनि बताए । प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिनु भएसँगै यो सरकारलाई कसरी बलियो बनाएर लान सकिन्छ त्यस तर्फ सोच्न जरुरी रहेको उनको भनाई छ ।