काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खुला किताब भएकाले सबैलाई मतदान गर्न आग्रह गरे । संसदमा बोल्दै यादवले प्रचण्ड जस्तो साहसिक प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिनुपर्ने बताए ।
‘प्रधानमन्त्री ज्यूले आफ्नो कार्यकालमा पहिलेका कार्यकालको अनुभवका आधारमा अझ सफलतापूर्वक भूमिका निभाउने बताउनु भएको छ । जनताले प्रचण्ड ज्यूबाट सही कार्यान्वयनको अपेक्षा गरेका छन् । उहाँको प्रतिवद्धतामा सफलता मिलोस् भनेर शुभकामना दिन चाहन्छु’ यादवले भने, ‘अरू सांसदहरूलाई अनुरोध गर्दछु । प्रचण्ड जस्तो साहसिक प्रधानमन्त्री कसले पाउँछ ? उहाँ खुला किताब हुन । उनको मनमा केही रहँदैन । प्रष्ट बोल्ने भएकाले सबैले मतदान गर्नुपर्छ ।’
अहिलेको अर्थतन्त्रको संकटबाट जोगिनपनि सबै दल मिल्नुपर्ने यादवले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ चैत्र २०७९, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
मेलम्चीको पानी आपूर्ति: ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
काठमाडौँ उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौँ : मन्त्री यादव
खानेपानीमन्त्री यादवले सय दिनमा के-के गरे ? यस्ता छन् कार्यप्रगतिको विवरण
दसैँको समयमा फोन अफ नगर्नु होला : मन्त्री यादव
मन्त्री यादवद्वारा क्षतिग्रस्त खानेपानी प्रणाली पुनः स्थापना गर्न निर्देशन