एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन्।
तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।
अदालतले उनलाई १८ मार्चमा अदालतमा हाजिर हुन भने पनि खानले सुरक्षा चिन्ता गर्दै आएका थिए । जसका कारण मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको अदालतको सट्टा अब न्यायिक कम्प्लेक्समा हुनेछ। अदालतले उनलाई चैत २८ गतेसम्म जमानत दिएको छ।
उपहार पाएको सामग्री गैरकानुनी रुपमा बिक्रिी गरेको तथा महिला न्यायधिस माथी गैर न्याययिक टिप्पणी गरेको अभियोग उनी माथी छ ।
गत साता उनलाई पक्राउ गर्ने प्रयास भए पछि उनका समर्थकहरुले प्रतिवाद गरेका थिए । सो प्रतिवादमा भएको झडपमा दर्जर्नौै घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०४ चैत्र २०७९, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ४ वर्ष जेल सजाय
पाकिस्तानमा निरंकुशतन्त्र स्थापित भयो : इमरान खान
पाकिस्तानमा इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते