भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको नेपाल क्रान्तिकारी किसान संघले मूल्यवृद्धिविरुद्ध प्रदर्शनमा उत्रिने भएकाे छ । रासायनिक मलमा गरिएको मूल्यवृद्धिविरुद्ध बिहीबार अपरान्ह काठमाडाैंमा प्रदर्शनमा उत्रिन लागेकाे हाे । काठमाडौंको सुन्धाराबाट निकालेकाे जुलुस रत्नपार्कमा पुगेर सभामा परिणत हुने जनाइएको छ। जुलुस सुन्धाराबाट न्युरोड, इन्द्रचोक, असन, भोटाहिटी, जमल हुँंदै रत्नपार्कमा पुगेर सभामा परिणत हुने पार्टीले जनाएको छ । सभामा पार्टी नेता तथा किसान नेताहरुबाट सम्वोधन हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेमकिपाले प्रधानमन्त्रीलाई अविश्वासको मत दिने