काठमाडौं । ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा अछामका पृथ्वी शाहसहित ६ जना जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले सोमबार उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
अदालतको आदेशपछि पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
शाहसँगै पक्राउ परेकी विनिता तामाङलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । प्रकरणमा संलग्न अन्य केही अझै फरार रहेका छन् ।अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो । उनीहरुविरुद्ध व्यूरोमा २४ वटा उजुरी परेको थियो ।
उनलाई सघाउने अन्तर्राष्ट्रिय समूहमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, १३ : ३३
लेखकबाट थप