काठमाडाैं । देशको आर्थिक अवस्थालाई ध्यानमा राखी विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा पुगेका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएशनको सोमवार बसेको बैठकमा भोलि चैत १ गते बुधबारदेखि लागू हुनेगरी मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो ।
जसअनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम हुनेछ । एक वर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ । चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरिने भएएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० फागुन २०७९, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा आन्दोलन
११ वटा बैंकले गरे ब्याजदर समायोजन
विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई धम्की
सावधान ! बैंकको कर्मचारी भन्दै फोन आउला