सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनु पर्ने माओवादी निष्कर्ष

सोमबार, ०३ पुस २०७४, १६ : ५४
सरकार निर्माण र  पार्टी एकता सँगसँगै हुनु पर्ने माओवादी निष्कर्ष

चुनावपछि सोमबार पहिलो पटक पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको बैठकले सरकार निर्माण र पार्टी एकता  सँगसँगै हुनुपर्ने निष्कर्ष निकालेकोे छ । बैठकले दुबै विषय  एकअर्कासँग सम्बन्धित रहेको भन्दै एकैसाथ हुनुपर्ने निश्कर्ष निकालेको  हो ।

त्यस्तै बैठकले राष्ट्रिय सभा गठनसम्वन्धी विवाद राजनीतिक विषय भएको भन्दै सहमतिका आधारमा निकास खोज्नु पर्ने निष्कर्ष निकालेको छ । प्रवक्ता पम्फा भुसालले भनिन्, शीर्ष नेताहरु बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं ।’

बैठकले बाम गठबन्धन बनाएर चुनावमा होमिदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ । माओवादी बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय पनि गरेको छ । पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले रोकेर रोकिँदैन’ पार्टी प्रवक्ता भुसालले भनिन् ।

त्यसैगरी बैठकले समानुपातिकमा पार्टीको मत कम आउनुमा ६० प्रतिशत क्षेत्रमा माओवादीका उमेदवार नै नहुनु भएको निष्कर्ष निकालेको छ । एमाले र माओवादीले गठबन्धन गरेर ६०–४० को भागबण्डा गरेका थिए । यसअनुसार एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत क्षेत्रमा आफ्ना उमेदवार उठाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस