काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच आज (बुधबार) चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् । आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।
तस्वीरमा सुरक्षाले सुन्तला रङको सारी र मानवले चाहिं वैजनी रङको कोट र दौरा सुरुवाल लगाएका छन् । तस्वीरमा दुवै जना खुसी देखिएका छन् । विवाहमा मिडियालाई प्रवेश दिइएको छैन । चलचित्रकर्मीका लागि भने काठमाडौं फर्किएपछि रिसेप्सन दिने उनीहरुको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनमोलको ‘जेरी अन टप’ मा सुरक्षाको इन्ट्री