काठमाडौं । राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् ।संघीय संसद भवन नयाँ बानेश्वरको भवनमा मतदान गरेर निस्कने क्रममा उनी सिँढीमा लडेर घाइते भएका हुन् ।उनको टाउकोमा चोट लागेको छ ।
उनलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ । ७१ वर्षका उनी मधेश प्रदेश सभाको सबैभन्दा जेठो सदस्य पनि हुन् ।उनी सप्तरी ४ को प्रदेश सभा १ बाट नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकामा आज राष्ट्रपति चुनाव