काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न लागेका हुन् ।
सबैभन्दा बढी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा १० हजार ८ सय ७० जनाले मतदान गर्दैछन् भने सबैभन्दा कम चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा ७१ जना विद्यार्थीले मतदान गर्ने भएका छन् । पृथ्वीनारायण क्याम्पसपछि दोस्रोमा वीरगञ्जस्थिति ठाकुरराम क्याम्पसमा १० हजार २ सय ६२ ले मतदान गर्नेछन् ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले दिएको तथ्याङ्कअनुसार उपत्यकाका २२ वटा क्याम्पसका करिब ७५ हजार विद्यार्थीले मतदान गर्ने भएका छन् । तथ्याङ्कअनुसार धेरै विद्यार्थी भएका क्याम्पसको सूचीको तेस्रोमा शंकरदेव क्याम्पस रहेको छ । सो क्याम्पसका ८ हजार ४ सय ९० जना विद्यार्थीले मतदान गर्दैछन् ।
नेपाल कमर्स क्याम्पसमा ८ हजार ८८, पाटन संयुक्त क्याम्पसमा ७ हजार ६ सय ९, बुटवल बहुमुखीमा ७ हजार १ सय ९, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा ५ हजार ७ सय ४८, महेन्द्र बहुमुखी क्याम्पस इलाममा ५ हजार ५ सय ९१, पद्मकन्या क्याम्पसमा ५ हजार ५ सय ९२ विद्यार्थीले मतदान गर्ने भएका छन् ।
यसैबीच भर्नाको विषयमा विवाद उत्पन्न भएको कारण त्रिचन्द्र क्याम्पसमा मतदाता सूची प्रकाशन गर्न कठिन भएको छ । सो क्याम्पसमा करिब ८ हजार विद्यार्थीले मतदान गर्ने आंकलन गरिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिचन्द्र क्याम्पसमा आज स्ववियु चुनाव हुँदै
पृथ्वीनारायण क्याम्पसको स्थगित स्ववियु चुनाव चैत १० गते हुने
देशैभरिका क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते
स्ववियु निर्वाचन : मनोनयन दर्ता आज
बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित