सञ्चार माध्यमले राष्ट्रिय स्वाधिनतामाथि आक्रमण गर्‍यो : मुख्यमन्त्री अधिकारी

सफल खबर संवाददाता

शनिबार, २० फागुन २०७९, १५ : १२
सञ्चार माध्यमले राष्ट्रिय स्वाधिनतामाथि आक्रमण गर्‍यो  : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार माध्यमले राष्ट्रिय स्वाधिनतामाथि आक्रमण गरिरहेको आरोप लगाएका छन् । प्रेस क्लब गण्डकीको शनिबार पोखरामा भएको अधिवेशनमा उनले केपी ओलीलाई लक्षित गरी राष्ट्रिय स्वाधिनतामा गम्भीर आक्रमण भइरहेको बताएका हुन् ।

‘अहिले त रविजीलाई पर्‍यो राष्ट्रिय स्वतन्त्र पार्टीको साथीले आक्रमण भन्नुभयो । होइन ? आक्रमण भन्नुहुन्छ भने सबैभन्दा धेरै केपी ओलीलाई नै भा’कोछ । त्यो अहिले पनि भइरहेको छ । उहाँ सत्तामा पनि हुनुहुन्न,’ मुख्यमन्त्री अधिकारीले भने, ‘यो के हो भने गम्भीरतापूर्वक राष्ट्रिय स्वतन्त्रतामाथि आक्रमण भइराखेको हो । नेपालमाथि आक्रमण भइराख्याछ ।’

अधिकारीले प्रेस जगतले नै नेपाल र नेपालको सार्वभौमसत्तामाथि आक्रमण गरिरहेको आरोप लगाए । ‘राष्ट्रिय स्वार्थलाई भन्दा अस्थिरतातर्फ उन्मुख गराउने काम भइरहेको छ । अस्थिरताले के गर्छ, देशलाई बलियो बनाउँछ ?’ अधिकारीले भने, ‘यसले देशलाई बलियो बनाउँछ ? बनाउँदैन । व्यवस्थालाई बलियो बनाउँछ ? बनाउँदैन ।’

प्रतिक्रिया दिनुहोस