काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटवार्तामा काठमाडौं महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ ।
पौडेल र शाहबीच कलंकीदेखि धोबीखोलासम्म रिङरोड विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउने, मेलम्ची खानेपानी विस्तारलाई महानगरभित्रका सबै घरहरूमा पुर्याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने सहमति भएको छ ।
हाँडीगाउँलाई सांस्कृतिक सहरका रुपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने, धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर वर्सेनि हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने सहमति भएको बताइएको छ ।
यस्तै, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाट लगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने र सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने उनीहरूबीच सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध
आलोचनात्मक कोण छाड्न गुरु घिमिरेलाई मन्त्री पौडेलको जवाफ
जलनको निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिइन्छ : स्वास्थ्यमन्त्री पौडेल
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
आगामी वर्षदेखि उपचारमा चस्माको भ्याट र भन्सार लिँदैनौँ : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यमन्त्रीको आश्वासन : विशेष निर्णय गरेर गेटामा असारदेखि नै एमबीबीएस पढाउन सकिन्छ