जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–५ का रवीन्द्र गन्धर्भ सरुगाडको किनारमा छाप्रो निर्माण गरेर बस्न थालेको तीन महिना भयो । उनले घरपरिवार, छोराछोरीको खर्च टार्न सरुखोलाको किनारमा छाप्रो बनाएर बस्नुपरेको हो ।
राेजगारीको कुनै माध्यम नभएपछि गन्धर्भ खोलामा दिनरात माछा मारेर आएको रकमबाट दैनिकी चलाउँदै आएका छन् । उनले भने, “खोलामा पहिलेजस्तो माछा पाइँदैन, माछा मार्न खोला किनारमै बास बस्ने गरेको छु । माछा मारेर भार्ममा बिक्री गर्दैआएको छु । यसकै आम्दानीले घरखर्च चलाउने गरेको छु । म र श्रीमती माछा मार्छौं, छोराले बिक्री गर्छ ।”
खोला किनारमा बस्नु आफ्नो रहर नभइ बाध्यता भएको गन्धर्भ बताउँछन् । “नौ जनाको परिवार माछा बिक्री गरेरै पाल्ने गरेको छु । खेतीपाती गर्न जग्गा–जमिन छैन”, उनले भने ।
गन्धर्भ जस्तै कालीबहादुर बादीले पनि मादल बनाउने कामबाट परिवार पाल्न नसक्ने अवस्था आएपछि छोरालाई भारत पठाइ आफू माछा मार्न सरुगाडकै किनारमा पुगेको बताए । अहिलेसम्म नागरिकतासमेत नभएको यो परिवारसित एक टुक्रा जमिन छैन । वर्षौँदेखि माछा मार्दै र मादल बनाउँदै जीवनयापन गरिरहेका यहाँका बादी समुदायलाई सधैँ के खाने र के लगाउने भन्ने कुराले मात्र सताउने गरेको छ ।
माछा मारेरै जीविकोपार्जन गर्दैआएका श्याम बादी स्थानीय, प्रदेश र संघीय सरकारसँग जग्गा उपलब्ध गराउन माग गर्छन् । गाउँपालिकामा जग्गाका लागि धेरैपटक पहल गरे पनि सुनुवाइ नभएको बादी समुदायको भनाइ छ । जनता आवास कार्यक्रमबाट केहीले घर बनाए पनि केहीले आफ्नो जग्गा नहुँदा घर बनाउन सकेका छैनन् । “जग्गा नहुँदा घर बनाउन सकिएन”, स्थानीय प्रमिला बादीले भने । चालिसभन्दा बढी परिवारसँग जग्गा नभएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ फागुन २०७९, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बम विस्फोटमा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग
मृतक कामदारका परिवारलाई तीस लाख आर्थिक सहायता दिइने
फल्लेबिसौनाका आगलागी पीडितलाई राहत
गाजामा बन्धक बनेका इजरायलीका परिवारका सदस्यहरू संसदमा प्रवेश गरे