काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको छ ।
शनिबार बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
साथै राप्रपाले प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए। पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो । उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो ।
सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ फागुन २०७९, ११ : १०
लेखकबाट थप