काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा पेस गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
साथै नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमाजेमि तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्मानीय राष्टपतिसमक्ष पेस गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ फागुन २०७९, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक परिषद्सम्बन्धी विधेयक सरकारले आत्तिएर ल्याएको होइन : मन्त्री शर्मा