पोखरा । मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट जीप कालीगण्डकीमा खसेको हो ।
ना ७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए । बस करिब ४५ मिटर तल खसेको हो ।
बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु
जवाङ खोला नजिक ट्रक र कार ठोक्किए , कार चालक घाइते
कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु
धनकुटामा बस र ट्याङकर ठोक्किंदा १२ जना घाइते
कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु
चितवनको राप्तीमा ट्रक र टिपर आपसमा ठोक्किँदा चार जना घाइते