काठमाडाैँ । प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरुलाई निलम्बन गर्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले बताएका छन् । शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै उनले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकीर गरेका हुन् । प्रमुख सचेतक शाहीले राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परेभने उसको मतदान गर्ने अधिकार हनन् हुने गरी नियमावलीमा कुनै पनि व्यवस्था गर्न नहुने बताए । जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउने गरी नियमावलीको व्यवस्था गर्ने कुरामा आफू सहमत हुनै नसक्ने उनको भनाए थियो ।
‘जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउन पाइँदैन । यो गर्नै हुँदैन । यो पक्राउ गर्नेबित्तिकै, हिरासतमा राख्ने बित्तिकै यदि सबै अधिकार खोसिने हो भने यो त सांसद जनताबाट जितको के महत्व भयो ?’ प्रमुख सचेतक शाहीले भने, ‘यो त सरकार पक्ष र बलियो पक्षले कुनै पनि बेला यसलाई हतियारको रुपमा प्रयोग गर्न सक्छ । त्यो भएको हुनाले यसमा मेरो के धारणा छ भने अदालतले फैसला गर्यो भने त्यो दोषी ठहर भयो सांसद पद निलम्बन हुने कुरा पनि ठिक छ । सबै कुरा ठिक छ । तर पक्राउ गर्दैमा अहिले के छ त ? एक जना सांसद बुटवल जाँदै गर्दाखेरी ल मानौँ समातिन सक्छ । के गरौं । निलम्बन भयो भोटिङ गर्न पाइदैन । भोली अदालतमा गयो भने तिमी निर्दोष हौ भनेर फैसला गरिदिन सक्छ । तर यहाँ अधिकार त खोजियो नि ।’
प्रहरीले पक्राउ गर्दैमा निलम्बन गर्न नहुने धारणा राख्दै उनले थपे, ‘अदालतले फैसला गरी दोषी प्रमाणित भएपछि उसको पद पनि जाने भयो । उ निलम्बनमा पार्ने भयो । खारेज नै हुने भयो । त्यो न्यायसंगत छ । यहाँ त संवैधानिक अधिकारको कुरा रह्यो नि । ल भोली राष्ट्रपतिमा भोट हाल्ने कुरामा एक जनालाई पक्राउ गर भन्छ । त्यत्तिकै हिरासतमा हाल्दि हाल्छ । भोट हाल्न पनि पाउँदैन ।’
प्रमुख सचेतक शाहीले अनुसन्धानका लागि पक्राउ गर्दैमा सांसद पद निलम्बनमा पर्ने कुरा संविधान विपरित हुने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ माघ २०७९, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवाले ज्ञानेन्द्रलाई ‘राप्रपा सभापति’ बन्न भनेपछि ज्ञानेन्द्र शाही आक्रोशित
ज्ञानेन्द्र शाहीको प्रश्न- तपाईंहरूविरुद्ध आन्दोलन गर्यो भने के हालत होला ?
एमाले सांसद रघुजी र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र बीच वादविवाद
प्रमुख दलहरूलाई ज्ञानेन्द्र शाहीको चुनौती- हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाऔं
प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो : ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीलाई शाहीको आग्रहः एयरपोर्ट गएर राजाको स्वागत गर्नुस्