एक महिनामै ढल्यो सुदुरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री रावल पदमुक्त

सफल खबर संवाददाता

बुधबार, २५ माघ २०७९, २२ : २३
एक महिनामै ढल्यो सुदुरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री रावल पदमुक्त

धनगडी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाएनन् । बिहीबार बसेको प्रदेशसभाको बैठकमा उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख भीम भण्डारीले घोषणा गरेका हुन् । 

गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलले बिहीबार (२६ माघ)भित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने थियो । तर, सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसद भने बैठकमा अनुपस्थित भएका कारणले रावलले विश्वासको मत पाउन सकेनन् । योसँगै रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका छन् । 

प्रतिक्रिया दिनुहोस