काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । माघ २३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उनी उपरथी दर्जामा पदोन्नति भएका थिए ।
बिहीबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका शर्माले भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भट्टलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्त गरिएको पनि सेनाले जनाएको छ ।
सोही अवसरमा, प्रधान सेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नती भएका एक जना महासेनानी र महासेनानी दर्जामा पदोन्नती भएका ४जना प्रमुख सेनानीहरुलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ माघ २०७९, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४२ वर्षको सैन्य सेवाबाट प्रधानसेनापति शर्माको बिदाई
देशको राष्ट्रिय अखण्डता अक्षुण्ण राख्न युवाको भूमिका महत्वपूर्ण : प्रधानसेनापति