उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

सफल खबर संवाददाता

विहीबार, २६ माघ २०७९, १२ : २३
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

काठमाडौं । सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको समय तोकिएको छ । बिहीबारका लागि बैठक बोलाइए पनि समय नतोकिँदा अन्योल भइरहेको थियो ।

तर, बिहीबार अपरान्ह ३ बजे संयन्त्रको बैठक बस्नेगरी समय तोकिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचचण्डका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए  ।बुधबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा बिहीबार उच्चस्तरीय संयन्त्रको बैठक बस्ने तय भएको थियो । 

संयन्त्रको बैठकमा राष्ट्रपतिको पद उम्मेदवारलगायतका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ । 

प्रतिक्रिया दिनुहोस