बुटवल । बुटवल आसपास क्षेत्रमा आज देखी एक हप्तासम्म नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले जारी गरेको सुचना अनुसार बिहिवार देखी एक सातासम्म बत्ती जाने जानकारी दिएको हो ।
महाशाखाका अनुसार कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका लागि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन सट डाउन हुनेछ ।
सट डाउन हुँदा बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल तथा मैनिहवा सबस्टेसनहरूबाट सञ्चालित औद्योगिक तथा आवश्यकताअनुसार गार्हस्थ्य फिडरहरूमा बत्ती जाने प्राधिकरणले जारी गरेको सुचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ माघ २०७९, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेल्दुङ्ग विद्युत् वितरण केन्द्रले घटायो लोडसेडिङ