काठमाडौं । आज फेब्रुअरी ७ अर्थात् ‘भ्यालेन्टाइन डे’को पहिलो दिन । भ्यालेन्टाइन सप्ताह सुरु भएको पहिलो दिन अर्थात् ‘रोज डे’ हो । यो पश्चिमी संस्कृती भएपनि पछिल्लो केही वर्षयता यसको प्रभाव नेपालमा पनि परहेको छ ।
‘भ्यालेनटाइन डे’ को प्रतिक्षा रहेको युवायुवतीले आज आफ्नो प्रेमीप्रेमीकालाई रातो ‘गुलाब’को फूल दिएर मनाइरहेका छन् । १४ फब्रुअरीलाई भ्यालेनटाइन अर्थात प्रणय दिवस भनेता पनि प्रेम गर्नेहरुले यसलाई एक हप्तासम्म विभिन्न नामले मनाउनेचलन छ।
यसको शुरुवात ७ फेब्रुअरीबाट शुरु हुन्छ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिनको रुपमा पनि हेरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ माघ २०७९, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टाटा मोटर्सको भ्यालेन्टाइन अफर : पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर नयाँ पाइने