काठमाडौँ । सुपर माई हाइड्रोपावरले साेमबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ।
आज माघ २३ गते सोमबारदेखि कम्पनीले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ जारी गरेको हो।
यो मध्ये १०% अर्थात् ५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ। ५% अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् १० हजार कित्ता कर्मचारीहरुलाई छुट्याएको छ। बाँकी ४ लाख १५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यसमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।
यसमा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गरेको छ। यसलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्र एनपी त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषतमा सुरक्षित रहेको संकेत गर्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ माघ २०७९, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्दै
सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर
विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै