कैलालीमा भरुवा बन्दुकसहित एकजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १९ माघ २०७९, २० : ०१
कैलालीमा भरुवा बन्दुकसहित एकजना पक्राउ

काठमाडौं । कैलालीमा भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको चुरे गाउँपालिका-४ स्थित पनेरुवा शिविरका ४८ वर्षीय जब्बर रोकामगर भरुवा बन्दुकसहित पक्राउ परेको प्रहरीले जनाएको हो ।  

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी समूहले उनको साथबाट भरुवा बन्दुक फेला पारेको छ ।बिहीबार उनलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस