काठमाडौँ । नेपाल आयल निगमले चोरीको इन्धन किन्ने दुई वटा पेट्रोल पम्पमाथि १ लाख रुपैयाँ जरिवाना गरेको छ । यस्तै कारबाहीस्वरुप ६ महिनाका लागि आपूर्ति बन्द गर्ने निर्णय पनि निगमले गरेको छ ।
निगमले बुधबार जारी गरेको विज्ञप्तिमा सप्तरीको शम्भुनाथ नगरपालिका १ स्थित भण्डार आयल स्टोर र कसरा गाउँपालिकास्थित दिलिप ट्रेडर्सले ट्यांकर चालकसँगको मिलोमतोमा डिजेल खरिद गरेको उल्लेख छ ।
निगमको करार सम्झौतामा संचालित ढुवानीकर्ता गुणराज निरौलाको नाममा रहेको को १ ख ३६५५ नम्बरको ट्यांकरबाट इन्धन चोरी भएको थियो ।
निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगञ्जवाट २०,००० लिटर डिजेल लोड गरी प्रादेशिक कार्यालय, विराटनगरको नाममा स्टक ट्रान्सफर गरिएको उक्त ट्यांकर इलाका प्रहरी कार्यालय रुपनी, सप्तरी भन्दा करिब २ किलो मिटर उत्तर तर्फ कच्ची सडकमा माघ १४ गते फेला परेको थियो ।
ट्यांकरमा लोड गरिएको डिजेल अवैध रुपमा बिक्री गरी वेवारिसे अवस्थामा फेला परेपछि प्रहरी प्रशासन र निगमबाट स्थलगत अध्ययन एवं अनुसन्धान गर्दा अवैध रुपमा बेचबिखन भएको खुलेको थियो ।
निगमको अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ लोड लिई निगमले तोकेको स्थानसम्म सुरक्षित साथ ढुवानी नगर्ने चालक र सहचालकलाई भविष्यमा पेट्रोलियम पदार्थको ढुवानी कार्यमा संलग्न हुन नपाउने गरी बन्देज लगाएको छ ।
साथै ढुवानीकर्तालाई निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ बमोजिम तीन महिना ढुवानी कार्यबाट निलम्बन गर्ने निर्णय पनि निगमले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, १७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल आयल निगम रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचना सहित)
पेट्रोलियम पदार्थको मूल्य घट्यो