क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेका छन्। राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल गरे।
सो अवसरमा उनीहरुबीच नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा संख्यात्मकसँगै गुणात्मक वृद्धि कसरी गर्ने भन्नेबारे विचारबिमर्स भएको थियो । नेपाली श्रमिकहरु शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यन्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी भएको थियो ।
उनीहरुले दुईपक्षीय, क्षेत्रीय तथा वहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्द्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघी वढ्ने बारेमा छलफल गरेका थिए ।
गृहमन्त्री इस्माइलसँग निकट भविष्यमा उनको नेतृत्व हुने उच्चस्तरीय नेपाल भ्रमणबारे कुराकानी भएको थियो । भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीहरुसँग छलफल गर्दैछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ माघ २०७९, १८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र मलेसियाका लागि राजदूत नियुक्त
मलेसिया सरकारले बढायो श्रमिकको पारिश्रमिक
मलेसियामा दुर्घटनामा परी रौतहटका एक युवकको मृत्यु
मलेसियाको सर्वोच्च अदालतबाट राज्यले बनाएको एक दर्जन सरिया कानुन खारेज