काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गरेका छन ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको कामना गरेको भेटमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।
नेपालका लागि चिनियाँ राजदूतका रुपमा नियुक्त भएर आएका चेनलाई सफल कार्यकालको शुभकामना दिनुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको जनस्तरको सम्बन्ध थप विस्तार हुने विश्वास प्रकट गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले लामो समयदेखि अगाडि बढ्न नसकेको चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड विस्तारको कामलाई शीघ्र अगाडि बढाउनसमेत चिनियाँ पक्षलाई आग्रह गरे । चिनियाँ पक्षले आयोजनास्थलमा केही अवरोध रहेकाले त्यसलाई तत्काल हटाइदिन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेको थियो ।
यस्तै चीन सरकारको सहयोगबाट यस मन्त्रालयअन्तर्गत अगाडि बढिरहेका अन्य आयोजनाका बारेमा समेत सो अवसरमा सामान्य कुराकानी भएको सचिव शर्माले उल्लेख गरे । सो अवसरमा चिनियाँ पक्षले सहयोगलाई अझै विस्तार गर्ने, भइरहेका परियोजना अगाडि बढाउने र सहयोग गर्ने तथा केही आयोजनाको अध्ययन अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ माघ २०७९, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
योग र ध्यानमा जोड दिनु आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशका विदेश सचिव मोमेनबीच भेट
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजनीतिक ब्युरोका स्थायी समिति सदस्य वाङबीच भेटवार्ता
उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीन भ्रमणलाई फलदायी बनाउन उच्च पदस्थ अधिकारीसँग छलफल
त्रिपालमुनि बसेका भूकम्प पीडितलाई छानामुनि ल्याउन सरकार केन्द्रित छ : उपप्रधानमन्त्री श्रेष्ठ