एजेन्सी । जापानमा पछिल्लो समय कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ। जापानी सञ्चार माध्ययमका अनुसार त्यहाँ कोरोना संक्रमणका कारण एकै महिनामा १० हजार बढीको मृत्यु भएको छ।
शनिबार देशभर कोभिडका कारण २५२ जनाको मृत्यु भएको छ। योसँगै कोभिडका कारण जनवरी महिनामा १० हजारभन्दा बढीको मृत्यु भएको हो। प्रान्त सरकारहरूको विवरणअनुसार जनवरीको २८ तारिक शनिबारसम्म यो महिनामा १० हजार १२४ जना बिरामीको मृत्यु भएको जापान टाइम्समा उल्लेख छ।
केही महिना अघिदेखि कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या बढेको हो। एकै महिमामा १० हजार बढीको मृत्यु भएको यो पहिलो पटक हो।डिसेम्बरमा महिनामा ७ हजार ६०० जनाको मृत्यु भएको थियो। जनवरीको अन्तिम साता भने दैनिक रूपमा थपिने नयाँ संक्रमितको संख्या केही घटेको छ।
जापानले मे महिनादेखि कोरोनाको संक्रमणको स्तरलाई घटाएर मौसमी रुघाखोकीको स्तरमा राख्ने भएको छ। त्यहाँका सञ्चार माध्ययमका अनुसार कोरोनाका कारण
अधिकांश विद्यालयहरूमा यतिबेला अनलाइन ‘क्लाश’ भइरहेको छ। यसका साथै, त्यहाँ भीडभाड कम गर्न सरकारको आदेश छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ माघ २०७९, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित
बहुमत गुमाएपनि जापानका प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने
जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता