पाल्पा । स्थानीय सरकारको प्रत्याभूति दिन पाल्पाको निस्दी गाउँपालिकाले वडा तहबाटै सेवा सुरु गरेको छ । पालिकाको सातवटै वडामा अहिले एकीकृत घुम्ती सेवा सञ्चालन गरी गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाह भइरहेको छ ।
पालिकाले वडा वडामा पुगेर सबै प्रकारका सेवा दिने गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । कार्यालयको सेवासँगै नागरिकका गुनासा र सुझाव सम्बोधन गर्दै सहजरुपमा सेवा दिइरहेको छ ।
शिविरबाट गाउँपालिकाले योजना सम्झौता, योजना फरफारक, आयोजना सम्बन्धित अभिमुखीकरण, ज्येष्ठ नागरिक सम्मान, गरिब घरपरिवार तथा अपाङ्गता परिचयपत्र वितरण, व्यवसाय दर्ता, औषधि वितरण, स्वास्थ्य परामर्शलगायतका सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ माघ २०७९, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२७ लाख पाकिस्तानी नागरिकको व्यक्तिगत डाटा चोरी
आफ्नो नाममा घरजग्गा नहुने ज्येष्ठ नागरिक अपहेलित