धनगढी । कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका-३ स्थित भित्री सडक खण्डमा बिहीबार साँझ सुपप्र ०१-००९ प२३०८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० रवीन्द्र पाण्डेले ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
चन्दलाई अत्तरियाको पद्यमा अस्पतालले उपचार सम्भव नभएको भन्दै कोहलपुर रेफर गरेको थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी नगरपालिका(३ बस्ने २४ वर्षीय सुरेन्द्र भण्डारीको अवस्था पनि गम्भीर छ । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ माघ २०७९, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो
मोटरसाइकलको ठक्करबाट अछाममा एक जनाको मृत्यु
मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको घटनास्थलमै मृत्यु
सुस्तामा ट्रकको ठक्करबाट साइकलमा सवार वृद्धको मृत्यु