नवपरासी । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गरेका हुन् ।
कांग्रेस नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई मजबुत बनाएको र कांग्रेसको अबको ध्यान राष्ट्रपतिको निर्वाचनमा रहेको उनको भनाइ थियो । नेता कोइरालाले कांग्रेसको प्रस्तावमा अबको राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय सहमति बनाउन संसद्को ठूलो दल कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएकाले पनि अबको राजनीति राष्ट्रिय सहमतिको बाटोमा गएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ माघ २०७९, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त हुने छः शशाङ्क कोइराला
निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : शशाङ्क कोइराला
गठबन्धन टुट्दा लुकेको खुसी मिलेको छ : शशाङ्क कोइराला