एजेन्सी । अमेरिकाको न्याय विभाग (डिओजे) ले राष्ट्रपति जो बाइडनको घरमा १३ घण्टा लामो तलासीपछि ६ वर्गीकृत महत्त्वपूर्ण कागजातहरू फेला पारेको छ।
डेलावरस्थित बाइडेनको घरबाट डकुमेन्टहरू फेला पारेको बाइडेनका वकिलले जानकारी दिएका छन्। शुक्रबार फेला पारिएका कागजातहरू उनी सिनेटर हुँदा तथा बाराक ओबामा राष्ट्रपति हुँदा उनी उपाध्यक्ष हुँदाको बेलाको भएको बताइएको छ।
वकिल बब बउरका अनसार व्यक्तिगत रूपमा हस्तलिखित नोट तथा अन्या आसपासका सामग्रीहरु पनि जफत गरिएको छ। उक्त समयमा राष्ट्रपति र उनकी श्रीमती भने उपस्थित नभएको जनाइएको छ।
यसअघि पनि उनको घरबाट गोप्य कागजातहरू फेला पारिएको थियो। कागजातको अनुसन्धानपछि थप प्रक्रियाहरू अघि बढ्ने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ माघ २०७९, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेन र नेतन्याहुबिच युद्धविराम र बन्धकहरूको रिहाइबारे वार्ता
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण