काठमाडौँ । चालू आर्थिक वर्ष २०७९-८० को दोस्रो त्रैमास (साउन–पुस) सम्ममा बैंकहरूको नाफा प्रभावित भएको छ । कोभिड ( १९ महामारी तथा रूस( युक्रेन युद्धका कारण तरलताको दबाब झेलेका बैंकहरूको खराब कर्जा वृद्धि हुँदा नाफासमेत प्रभावित भएको छ ।
शनिबारसम्म लेखापरीक्षण नभएको वित्तीय विवरण प्रकाशित गरेका २० ओटा बैंकले चालू आर्थिक वर्षको पुससम्ममा कुल २९ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ दशमलव ८५ प्रतिशत मात्र बढी हो ।
गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरूले २९ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ नाफा गरेका थिए । गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा बैंकहरूको नाफा १० प्रतिशतले बढेको थियो । नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक मर्जर भई बनेको नेपाल इन्भेष्टमेण्ट मेगा र एनसीसीसँग मर्जर गरेको कुमारीले वित्तीय विवरण प्रकाशित गर्न बाँकी छ । आर्थिक अभियान दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०८ माघ २०७९, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा छुट
केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल
केन्द्रीय बैंक मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्दै
बैंकले विदेशी विनिमय कारोबारको इजाजतपत्र नवीकरण गर्नु नपर्ने
एनएमबि बैंकद्वरा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त
आजदेखि दसैँका लागि नयाँ नोट सटही