भारतलाई एक खेल अगावै सिरिज

सफल खबर संवाददाता

शनिबार, ०७ माघ २०७९, २० : १२
भारतलाई एक खेल अगावै सिरिज

भारत । भारतले एक खेल अगावै न्युजिल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ । शनिबार राजपुरमा भएको दोस्रो एकदिवसीय खेलमा न्युजिल्यान्डमाथि ८ विकेटको सहज जित निकाल्दै भारतले सिरिज आफ्नो पक्षमा बनाएको हो । 

राजपुरमा न्युजिल्यान्डले दिएको १०९ रनको समान्य लक्ष्य पछ्याएको भारतले २० ओभर १ बलमा दुई विकेट गुमाउँदै १११ रन बनायो । भारतका लागि रोहित शर्माले अर्धशतकीय पारी खेले । ५० बल खेलेका उनले ७ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । 

त्यस्तै सुभमन गिलले ४० रन बनाउँदा विराट कोहलीले ११ रनको योगदान गरे ।  यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ३४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १०८ रन बनायो ।   न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३६ रन बनाए । त्यस्तै मिचेल  स्टेनरले २७ रन तथा मिचेल ब्रेसवेलले २२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

भारतका लागि मोहमद श्वामीले तीन विकेट लिए । त्यस्तै हार्दीक पाड्या र वानिन्दु हर्शरंगाले दुई–दुई विकेट लिए ।  दुई टोलीबीचको अन्तिम एकदिवसीय खेल मंगलबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस