सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिका–२ स्थित चारकोसे जङ्गलमा नवजात शिशु फेला परेको छ।
कपडामा पोको पारेर जङ्गलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशु (छोरी) बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।
नवजात शिशु कसले जङ्गलमा छाड्यो भन्ने विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहरमा नवजात शिशुको शव भेटियो
धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो
ललितपुरको च्यासल मैदान नजिकै शिशुको शव
केएमसीमा ४२ दिनको शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया