एजेन्सी । चीन र भुटानले सीमा विवाद समाधानका लागि वार्तालाई गति दिन ‘सकारात्मक सहमति’ गरेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार तीन चरणको रोडम्यापमा भएको सम्झौतालाई कार्यान्वयन गर्नेतर्फ कदम चालिनेछ।
चीन–भुटान सीमा विवादसम्बन्धी ११औं विज्ञ समूहको बैठक जनवरी १० देखि १३ सम्म चीनको कुनमिङ सहरमा भएको थियो। त्यसपछि शुक्रबार दुवै देशले संयुक्त वक्तव्य जारी गरेका हुन्। भुटान र चीनबीच ४७७ किलोमिटर लामो सीमाना छ। दुई देशबीचको सीमा विवाद समाधानका लागि २४ चरणको बैठक भइसकेका छन्।
चीन र भुटानबीच कूटनीतिक सम्बन्ध नभए पनि सम्पर्क कायम राख्न दुई देशबीच औपचारिक भ्रमण हुने गरेको छ। चीनको भारत र भुटानसँग सीमा विवाद छ। धेरै प्रयास गर्दा पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन।
११ औं समूहको बैठक स्पष्ट, सौहार्दपूर्ण र रचनात्मक वातावरणमा सम्पन्न भएको दुवै देशले संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन्। यससँगै सीमा वार्तालाई गति दिन तीन चरणको रोडम्यापमा भएको एमओयूको कार्यान्वयनका विषयमा पनि गम्भीर छलफल भएको थियो। चीन र भुटानले सीमा विवाद समाधानका लागि वार्तालाई तीव्रता दिन एमओयूमा हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०१ माघ २०७९, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने
सीमामा गरिब जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीको ध्यानाकर्षण