काठमाडौं । कम्युनिष्ट नेता घनश्याम भुसाल माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् । पाँच बुँदे मागलाई एकीकृत समाजवादीले स्वीकार गरेसँगै भुसालले शुक्रबार पत्रकार सम्मेलन गरेरै एकीकृत समाजवादीमा समाहित भएका हुन् ।
एकीकृत समाजवादीमा प्रवेश गर्दै गर्दा भुसालले वर्तमान राजनीति, सरकार हुँदै नेकपा एमालेको आन्तरिक समस्या समाधान गर्न बनाइएको तत्कालीन १० बुँदे सहमतिसम्म बोले । उनले १० बुँदे गलत नभई उक्त बुँदा लागू नगर्ने अध्यक्ष ओली गलत रहेको बताए ।
पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीको तारिफ गरे । यति छोटो समयमा समानुापातिकतर्फ ३ लाख मत पाउनु चानचुने कुरा नभएको पनि उनको भनाइ थियो । साथै, यो एकीकृत समाजवादी पार्टी असाधारण रहेको पनि बताए ।
जनताको बहुदलिय जनवाद अहिले एमाले अझैँ पनि मौका पायो भने संसद विघटन गर्छु भन्नेमा रहेको भन्दै कडा आलोचना गरे । एमाले ओली गुटले बिग्रेको भन्दै एकीकृत समाजवादी त्योभन्दा आज असाधारण ठाउँमा रहेको र एमालेसँग छुट्टिएर बचेको पनि उनको भनाइ थियो । उनले ओलीमाथि दर्जनौँ आरोप पनि लगाए ।
साथै, एकीकृत समाजवादीमा प्रवेश गर्दै भुसालले अब १० देखि १५ वर्षको समयमा समाजवादी क्रान्तिको ठोस काम के हुन्छ एउटा कार्यक्रम तयार पार्ने पनि बताए ।दश बुँदे गर्दै गर्दा पनि पार्टीमा लड्न जाने सहमति भएको थियो र त्यो प्रमाणित गरेर देखाएको पनि उनले बताए । सञ्चारकर्मीले ‘दश बुँदे लागू गर्न किन सक्नुभएन’ भन्ने प्रश्नको जवाफमा लागू नगर्ने अध्यक्ष ओली गलत रहेको पनि उनले आरोप लगाए ।
उनले भने, ‘१० बुँदे हामीले लागू गर्न सकिएन । एउटा कुरा म सम्झाउ, हामीले २७ गते दश बुँदे गर्यौँ । कमरेड ओली १० बुँदे सहमति गरेपछि माधव नेपाल आयो भने तिनीहरुले सेन्ट्रल कमिटी फेरि पनि प्रश्न उठाउँछन् भनेर बालुवाटारबाट बार्दली पुगेपछि बार्दलीको भाषणमा एउटा कमरेडलाई राष्ट्रघाती, देशघाती, भ्रष्टचारी, भ्रष्ट भनेर भन्नुको अर्थ के थियो ? भन्दा कमरेड ओली जसरी पनि पार्टी विभाजन गर्न चाहन्थे । त्यसो हुँदा १० बुँदे गलत होइन । १० बँुदे लागू नगर्ने कमरेड ओली गलत हुन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको व्यवस्थापनले गणतन्त्र थाम्दैन, मुलुकमा केही न केही हुँदैछ : घनश्याम भुसाल
एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने
एमाले र कांग्रेस मिलेर आफ्ना पाप धुन संविधान संशोधनको कुरा गर्दैछन् : घनश्याम भुसाल
ओलीले चुच्चे रेल र टावरहरूसँग जोडेर समाजवादको भाष्य बिर्गादिनुभयोः घनश्याम भुसाल
माओवादीलाई कांग्रेस र एमालेले घुस खान सिकाए : घनश्याम भुसाल
हिजो भत्केको वाम विकल्प जोड्नसक्ने नेतृत्व एकताबद्ध भएर दिन्छौं: घनश्याम भुसाल