काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ ।
नेपालगन्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा संक्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो ।
खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरे । दुई डोज खोप लगाएमा यसको प्रभावकारिता ९७ प्रतिशत हुने विज्ञको भनाइ छ ।
मिजल्स भाइरसका कारणबाट सर्ने दादुराले नेपालगन्ज उपमहानगरपालिकामा संक्रमण फैलिएको छ । नेपालगन्जमा ९० जनामा दादुरा पुष्टि भइसकेको छ भने एकजनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
सरकारले दादुरा देखिएको क्षेत्रमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियान सुरु भएको ठाउँमा अहिलेसम्म तीन हजार बालबालिकालाई खोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ पुस २०७९, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले थाल्यो जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया
स्वास्थ्य मन्त्रालयमा विज्ञ सल्लाहकार समिति गठन
उपचार शुल्क सार्वजनिक नगर्ने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
एक अस्पताल एक रक्तसञ्चार केन्द्र घोषणा
विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन’ : स्वास्थ्य मन्त्रालय