वीरगञ्ज । मोटरसाइकलको ठक्करबाट बारामा एक महिलाको मृत्यु भएको छ।
गएराति साढे ७ बाजेको समयमा बा.२९ प ७०१८ नम्बरको मोटरसाइकलको ठक्करबाट जिल्लाको सिम्रौनगढ नगरपालिका- २ बस्ने ५८ वर्षीया ज्ञान्ती चौधरीको मृत्यु भएको हो।
सो समयमा सिम्रौनगढ-२ बगेवा टोलमा पैदल हिँडिरहेकी चौधरीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।उनको उपचारको क्रममा एल एस न्यूरो अस्पताल परवानिपुरमा राती सवा ९ बजे मृत्यु भएको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।
दुर्घटनामा परी मोटरसाइकल चालक सोही स्थानका कुन्दन चौधरी पनि घाइते भएका छन्। उनको सिम्रौनगढकै तामागढी अस्पतालमा उपचार भइरहेको थापाले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ पुस २०७९, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
रक्षामन्त्री चढेको गाडीले माइतीघरमा मोटरसाइकललाई ठक्कर दियो