काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले पार्टी एकताका लागि वार्ता समिति बनाएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको सो पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताको तयारी गरेको छ ।
सोही अनुसार सोमबार सम्पन्न राजनीतिक समितिको बैठकले नेता गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो । यसअघि माओवादी केन्द्रले पनि कृष्ण बहादुर महराको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।
माओवादीले जसपा, नेकपा एकीकृत समाजवादी पार्टीसँग पनि एकता गर्नका लागि छलफल चलाउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेसपाले फेर्यो पार्टीको नाम र झण्डा
वायु प्रदूषण नियन्त्रण माग गर्दै नेसपाले गर्यो प्रदर्शन
नेसपाको महिन्द्र पक्षले बोलायो आकस्मिक बैठक
नेपाल समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक बस्दै
कोशी प्रदेश नामकरणलाई नमान्ने नेसपाको निर्णय
संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने शक्तिहरूविरुद्ध एकजुट हुन नेसपाको आह्वान