काठमाडौं । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनल शनिबार हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा र सङ्कटा क्लब भिड्दैछन् ।
सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब काठमाडौँलाई १–० गोलले हराउँदै बिवाइएससीले फाइनलमा सङ्कटा क्लबसँगको भेट पक्का गरेको थियो । सङ्कटा क्लब भने सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै फाइनल पुगेको थियो ।
प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ पुस २०७९, ०८ : ५८
लेखकबाट थप