संसदको पहिलो बैठकमा शीर्ष नेताहरुले संवोधन गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २२ पुस २०७९, १४ : ३८
संसदको पहिलो बैठकमा शीर्ष नेताहरुले संवोधन गर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पूरानै नियमावली अनुसार बैठक बस्ने भएको छ ।संसदको पहिलो बैठकका एजेण्डा तय गर्न बसेको सर्वदलीय बैठकले पहिलो दिन दलका शीर्ष नेताहरुले बोल्ने कार्य तालिका तय गरेको छ ।

यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ । सभामुख चयनका बारेमा भने अर्को सर्वदलीय बैठकले निर्णय गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस